१ कार्तिक २०८३, आइतबार

नेपाल टी-ट्वेन्टी लिगमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणसहित सीआईबीले बुझायो प्रतिवेदन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । काठमाडौंमा भएको नेपाल टी ट्वेन्टी लिगमा भएको स्पट फिक्सिङको छानबिन लागि गठित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को छानबिन टोलीले प्रतिवेदन बुझाएको छ ।

सीआईबीले फिक्सिङ भएको प्रमाणसहित सीआईबीको एआईजी उत्तमराज सुवेदीलाई प्रतिवेदन बुझाएको हो । छानविनको क्रममा ब्यूरोले खेलाडी र अफिसियलहरुसँग सोधपुछ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ ।

प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ खेल्ने खेलाडीले ५ लाखसम्म लिने गरेको प्रारम्भिक छानविनबाट खुलेको छ ।

छानबिन समितिमा सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टिमले छानबिन गरेको थियो ।

सीआईबीले दुई जना क्रिकेटरलाई सोमबार बिहान पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा आदिल अन्सारी र अब्दुल आलम रहेका छन् ।

फिक्सिङमा ४ जना नेपाली खेलाडी र ६ जना विदेशी खेलाडी संलग्न रहेको बताइएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।