१ कार्तिक २०८३, आइतबार

हत्या आरोपमा फरार सांसद कोइरीसहित ६ जनाको विभूषण खोसियो

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । हत्या आरोपमा फरार प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको विभूषण खोसिएको छ ।

सरकारले कोइरीसहित ६ जनाको विभूषण रद्द गर्ने निर्णय गरेको हो ।

विभूषण रद्द गरिएकामा मधेश आन्दोलनका क्रममा सशस्त्र का असई थमन विक हत्या अभियोग लागेका एमाले सांसद कोइरी, भ्रष्टाचार मु्द्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई देउवा सरकारकै पालामा विभूषणका लागि सिफारिस गरिएको थियो ।