
काठमाडौं, ६ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् ।
उनले आफ्नो ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोली हिअर’ राखेका छन् । राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् । बिहीबार मात्र क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाउन कुनै योजना नभएको बताएको थियो ।
सन्दीपले हिजो मात्रै आफ्नो राष्ट्रिय टिममा पुनरागमनबारे नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दसँग पनि कुराकानी गरेका थिए । चन्दले सन्दीपलाई सकारात्मक प्रतिक्रिय नदिएको बताइएको छ ।
सन्दीप अहिले बालिका बलात्कारको मुद्दा खेपिरहेका छन् । यसैबीच सन्दीपले राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी कुशल भुर्तेल लगायतलाई ट्विटरमा अनफलो गरेका छन् ।
सन्दीपको पछिल्लो प्रतिक्रियाले सन्दीपले शुभेच्छुक तथा क्रिकेट प्रेमीहरु ससंकित भइरहेका छन् ।
















प्रतिक्रिया