१ कार्तिक २०८३, आइतबार

सभामुख घिमिरेद्वारा पदभार ग्रहण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएसँगै सिंहदरबारस्थित कार्यालयमा पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् । घिमिरे बिहीबार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेर सभामुख निर्वाचित भएका हुन् ।

संसद् सचिवालय सिंहदरबारमा कार्यभार सम्हाल्दै घिमिरेले नयाँ संविधान बनेपछि एक पटक संसद्को अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउने बताए ।