१ कार्तिक २०८३, आइतबार

उपसभामुखमा पनि उम्मेदवारी दिने काँग्रेसको तयारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको उपसभामुखमा पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको काँग्रेसले बिहीबार भएको सभामुखको निर्वाचनमा पनि उम्मेदवारी दिएको थियो ।

काँग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । तर, सभामुखमा गठबन्धनतर्फबाट एमालेका देवराज घिमिरे निर्वाचित भए ।

जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी लगायत सरकारभन्दा बाहिर रहेका दलहरुसँग मिलेर काँग्रेसले सभामुखमा उम्मेदवारी दिएको थियो ।

तिनै दलहरुसँग मिलेर उपसभामुखमा पनि उम्मेदवारी दिने तयारी भएको काँग्रेसका नेताहरुले जानकारी दिएका छन् । उपसभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने छलफल हुने बताइएको छ ।