
काठमाडौं, ६ माघ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुन प्रतितोला ७ सयले बढेको हो । शुक्रबार छापावल सुन प्रतितोला एक लाख पाँच हजार दुईसयमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सयमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैँयाले बढेर एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ ।















प्रतिक्रिया