
काठमाडौं, ५ माघ । गत आइतबार पोखरामा दुर्घटना भएको यती एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तलाई बुझाइएको छ ।
पोखरामा परीक्षण गरिएका सबै २२ शव र काठमाडौंमा ल्याइएका ४९ मध्ये २२ वटा शव आफन्तलाई बुझाइएको यति एयरलाइन्सले जानकारी दिएको छ । केहीको शव पहिचान गर्न कठिनाइ भएकाले अझै केही दिन लाग्ने देखिएको एयरलाइन्सले बताउको छ ।
पहिचानमा कठिनाइ भएकाको डीएनए परीक्षण गरेर पहिचान गरिने छ । आइतबार ४ जना चालकदलका सदस्यसहित ७२ जना यात्रु सवार जहाज पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भएका ७१ जनाको शव भेटिएको छ भने एक जनाको अवस्था अझै अज्ञात रहेको छ ।















प्रतिक्रिया