
काठमाडौं, ५ माघ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत स्थानीय हल गोरु संरक्षणका लागि कृषक प्रोत्साहन कार्यक्रमको शुभारम्भ गरेको छ ।
किसानलाई कृषि औजारको रुपमा प्रयोग हुने हाते ट्याक्टरको बदला हलगोरु पाल्न प्रोत्सान गर्दै नगरपालिकाले गोरुपालक किसानलाई १० हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । कृषक प्रोत्साहन कार्यक्रमको कांग्रेस सांसद मोहन बहादुर बस्नेतले शुभारम्भ गरे ।
कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरपालिकाले हलगोरु पालक किसानलाई प्रोत्साहन स्वरुप एकैपटक ७७ लाख अनुदान वितरण गर्ने जनाएको छ ।
कार्यक्रममा सांसद बस्नेतले हलगोरु पाल्ने किसानलाई अनुदान दिने सुरुवात नेपालको ७७ जिल्लामै बाह्रबिसे नगरपालिका पहिलो भएको दावी गरे ।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकरणमा राखेर नै किसानमैत्री अनुदान कार्यक्रम अघि सारेको जानकारी दिए ।















प्रतिक्रिया