
काठमाडौं, ५ माघ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले ढोक्सा नथापेको स्पष्टीकरण दिएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा नथापेको दाबी गरे ।
राष्ट्रपति निर्वाचनमा काँग्रेसले ढोक्सा नथापेको शर्माले बताएका हुन् ।
‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन,’ उनले भने, ‘तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु ’ शर्माले भने ।
कांग्रेसले कुनै ढोक्सा नथापेको उल्लेख गर्दै शर्माले उल्टै ओलीले उच्चस्तरीय संयन्त्रको नाममा प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजको तर्क गरे । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा नथापेको बरु ओलीले नै माछा पर्ने पिँजडा कसिलो पारेका उनले बताए ।
त्यस्तै शर्माले सभामुख र शीतल निवासमा प्रतिपक्षीको उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुने र शक्ति सन्तुलन पनि हुने धारणा राखे ।
सांसद शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय, योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको जिकिर गरे ।















प्रतिक्रिया