
काठमाडौं, ५ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली जनताले देशको भविष्य सुम्पिएर सांसदहरुलाई चुनेर पठाएका बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लामिछानेले यसअघि संसद धेरै ठाउँमा चुकेको भन्दै अब संसद कुनै पनि दल वा कसैको स्वार्थका लागि नभइ जनताको काम गर्ने थलो बन्ने विश्वास व्यक्त गरे ।
प्रतिनिधि सभा बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै लामिछानेले सांसद र सभामुखले दलभन्दा माथि उठेर पदको मर्यादा कायम गर्नेमा विश्वास व्यक्त गरे ।
उनले सभामुखमा घिमिरेलाई मतदान गर्न आग्रह गरे ।















प्रतिक्रिया