
काठमाडौं, ४ माघ । सभामुखका लागि पार्टीबाट उम्मेदवार रहेकी ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्न नेपाली काँग्रेसले ह्वीप जारी गरेको छ ।
काँग्रेसले सांसदहरुलाई तटस्थ रहन नपाउने पनि बताएको छ ।
‘२०७९ साल माघ ५ गते विहान ११ : ०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचन सम्बन्धि प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय ईश्वरी देवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र माननीय देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले ह्वीप जारी गर्नुभएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
सभामुखका लागि नेपाली काँग्रेसबाट न्यौपाने र एमालेबाट देवराज घिमिरेको उम्मेदवारी परेको छ ।
















प्रतिक्रिया