
काठमाडौं, ४ माघ । विराटनगरको कोशी अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दीलिप मुखिया र उमा मुखियाको १८ दिनकी शिशुको स्वास्थ्यमा समस्य देखिएपछि बुधबार कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुको डाक्टर आकाश यादवले चेकजाँच गरेका थिए ।
चेकजाँचपछि डाक्टर यादवले शिशुको मृत्यु भइसकेको बताए । चिकित्सकले मृत घोषित गरेपछि परिवारले शिशुलाई घर लैजान अस्पतालबाट निकाल्नै लाग्दा हात खुट्टा चलाएपछि उनलाई तुरुन्तै नजिकैको गोल्डेन अस्पताल पु¥याएका थिए ।
अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । शिशुको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । कोशी अस्पतालका डाक्टर यादवले जीवित शिशुलाई मृत घोषित गरेको भन्दै मुखियाका आफन्तले डाक्टर यादवमाथि कुटपिट गरेका थिए । उनको टाउकोमा चोट लागेको छ ।
प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया