१ कार्तिक २०८३, आइतबार

सभामुखका लागि काँग्रेसकी ईश्वरी न्यौपानेले गरिन् मनोनयन दर्ता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । प्रतिनिधि सभाको सभामुखका लागि नेपाली काँग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा रहेका छन् भने समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।

सभामुखका लागि एमालेबाट यसअघि नै देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् ।