१ कार्तिक २०८३, आइतबार

विमान दुर्घटनामा मृत्यु भएका केहीको शव पहिचानमा कठिनाइ, डीएनए परीक्षण गरेर आफन्तलाई बुझाइँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये काठमाडौं ल्याइएका शवहरुको पोष्टमार्टम भइरहेको छ ।

पोखराबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएका ४८ वटा शवको परिक्षण भइरहेको अस्पतालले जनाएको छ । शव पहिचानमा कठिनाइ भएकाले डीएनए परीक्षण गरेर आफन्तजनलाई बुझाउने तयारी गरिएको छ ।

मृतकका आफन्तलाई आवश्यक जानकारी र समन्वय गर्न शिक्षण अस्पतालमा प्रहरीको सहायता कक्ष स्थापना गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका मध्ये २२ जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म ७१ जनाको शव फेला परेको छ ।