१ कार्तिक २०८३, आइतबार

वर्षमानको कलेजो प्रत्यारोपण गरिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण हुने भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको अस्पतालले जानकारी दिएको छ । उनको ८० प्रतिशत कलेजो बिग्रिसकेको बताइएको छ ।

केही दिनअघि रोल्पामा कार्यक्रमका लागि पुगेका पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । पुन गम्भीर प्रकारको जण्डिसबाट पीडित छन् ।