३ कार्तिक २०८३, मंगलबार

भियतनामका राष्ट्रपति सुआनद्वारा पदबाट राजीनामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हनोइ, ४ माघ । भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारणले पदत्याग गरेको सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी) तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् । मंगलबार भएको केन्द्रीय समितिको बैठकमा उनले पदत्यागको घोषणा व्यक्तिगत कारणले गरेको जानकारी दिइएको थियो ।

दुई वर्षअघि उनी भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए । यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भु डक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो । उनीहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो ।