
काठमाडौं, ३ माघ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।
गठबन्धनमा आवद्व दलबाट १२ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसैबीच, नागरिक उन्मुक्ति पार्टीबाट अब्दुल खान पनि मन्त्री बनेका छन् । उनी खानेपानी मन्त्री बनेका हुन् ।
खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूले पाउने पर्ने माग गर्दै आएका थिए । तर, उनको इच्छा विपरित खानेपानी मन्त्री बनाइएपछि उनी रुष्ट भएका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएपनि पदभार ग्रहण भने गरेनन् ।
सपथ ग्रहणपछि मन्त्रायमा उनको पदभार ग्रहणको सम्पूर्ण तयारी गरिएकोमा मन्त्री खान पदभार ग्रहण गर्नै नगएका हुन् ।















प्रतिक्रिया