१ कार्तिक २०८३, आइतबार

एमालेबाट को-को बन्दैछन् मन्त्री ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नेकपा एमालेबाट चारजना मन्त्री बन्ने भएका छन् ।

एमालेले आफ्ना पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाएको हो । एमालेबाट मन्त्री बन्नेहरुमा डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती रहेका छन् ।

विमला राई पौडेलले परराष्ट्र मन्त्रालय पाउने निश्चित भएको छ भने गिरीले स्वास्थ्य मन्त्रालयका जिम्मेवारी पाउने बताइएको छ । यस्तै अन्यले कुन मन्त्रालय पाउने भन्ने बारेमा भने जानकारी दिइएको छैन ।

नयाँ चार मन्त्री थपिएसँगै नेकपा एमालेबाट ७ जना मन्त्रीले सरकारमा सहभागीता जनाउने छन् । एमालेबाट यसअघि नै राजेन्द्र राई, दामोदर भण्डारी र ज्वाला साह मन्त्री बनिसकेका छन् ।