
काठमाडौं, २ माघ । सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
मन्त्रालयको बाँडफाँड टुंग्याउनका लागि सत्ता साझेदार दलहरुको बैठक बसिरहेको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् ।















प्रतिक्रिया