
काठमाडौं, २ माघ । आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये थप एकजनाको शव आज फेला परेको छ ।
उद्दार टोलीले थप एकजनाको शव फेला पारेको हो । खोँचमा पानीमा डुबेको अवस्थामा शव फेला परेको बताइएको छ । थप एक शव भेटिएसँगै हालसम्म ६९ जनाको शव फेला परेको छ ।
तीनजना अझै बेपत्ता रहेका छन् । ४ जना चालकदलका सदस्यसहित ७२ जना यात्रु लिएर पोखरा गएको जहाज पोखराकै सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।















प्रतिक्रिया