
काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ ।
प्रचण्ड र ओलीबीच ५ घण्टा लामो वार्ता भएको हो । ओली निवास बालकोटमा भएको वार्तामा सरकारलाई पूर्णता दिने साथै राष्ट्रपति र सभामुखको निर्वाचनका विषयमा छलफल भएको हो ।
वार्तापछि बालकोटबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने बताए ।
साथै भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दलको बैठक बस्ने निर्णय भएको पनि प्रचण्डले बताए ।















प्रतिक्रिया