१ कार्तिक २०८३, आइतबार

५ घण्टादेखि प्रचण्ड र ओलीबीच ‘वान टू वान’ के कुराकानी भइरहेको छ ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ ।

वार्ता बालकोटमा भइरहेको हो । बिहान ९ बजे बालकोट पुगेका प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निरन्तर वार्ता भइरहेको हो ।

दुई शीर्ष नेताबीच मन्त्रिमण्डल विस्तार साथै राष्ट्रपति र सभामुखको निर्वाचनका विषयमा छलफल भइरहेको हो । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएको प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

आज भोलिमै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी दुई नेताबीच वान टू वान वार्ता भइरहेको बताइएको छ ।