१ कार्तिक २०८३, आइतबार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । दाङमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

घोराहीको-सर्रा-सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ निवासी २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षका विवेक चौधरी रहेका छन् ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।