१ कार्तिक २०८३, आइतबार

विमान दुर्घटना: मृतक १३ जनाको पहिचान खुल्यो (अपडेट)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने १३ जनाको सनाखत भएको छ ।

कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६९ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, अरुण पौडेल, प्रसिद्धि पौडेल, पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ रहेका छन् ।

यस्तै, कोरियन नागरिक क्युङ्गचुल यु, विजयकुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ ।

त्यसैगरी दुर्घटनामा परेर ज्यान गुमाउनेमा पोखरा घर भएका निशान्त आचार्य र काठमाडौँकी संगीता शाहीको पनि सनाखत भएको छ । रहेकी छन् । विमानमा चालक दलका ४ जना सदस्यसहित ७२ जना यात्रु सवार रहेका थिए ।

३ जनाको शव अझै भेटिन सकेको छैन ।