
काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरेको छ ।
दुर्घटनापछि बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
छानबिन आयोगमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा छन् ।
सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहेका छन् । ४५ दिनभित्र छानबिन गरी रिपोर्ट पेश गर्न सरकारले आयोगलाई निर्देशन दिएको छ ।















प्रतिक्रिया