
p2f/df vl6Psf ;’/IffsdL{
kf]v/fsf] ;]tL gbLsf] vf]Frdf cfOtaf/ b’3{6gf ePsf] otL Po/nfOG;sf] ljdfgdf /x]sf ofq’sf] p2f/df vl6Psf ;’/IffsdL{ . otL Po/nfOG;sf] P6Lcf/&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M wgaxfb’/ u’?ª÷/f;;
काठमाडौं, १ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको जनाएको छ ।
आइतबार बिमानस्थलमा पत्रकार सम्मेलन गदैै विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौं र पोखराको मौसम पनि सफा रहेको र मापदण्ड पूरा गरेरै उडान भरेको जानकारी दिए ।
पोखरा एयरपोर्ट मापदण्ड पूरा गरेर बिहानदेखि खुला रहेको र दुर्घटना हुनु अघि अन्य विमानले पनि उडान भएको उनले जानकारी दिए । पोखरा एयरपोर्ट नजिकै भएको दुर्घटनामाग्रस्त बिमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रुका साथै चार चालक दलका सदस्य रहेको ठाकुरले बताए ।
महाप्रबन्धक ठाकुरले दुर्घटना अघि पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको पनि बताए । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै ल्यान्डिङ गर्ने तयारीमा रहेको बेलामा दुर्घटनामा परेको ठाकुरले जानकारी दिए ।
शवको प्रकृति हेरेर शवको पोस्टमार्टम काठमाडौंमा गर्ने कि पोखरमा भन्ने निर्णय लिने उनको भनाइ छ । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।















प्रतिक्रिया