१ कार्तिक २०८३, आइतबार

विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनामा एकजना पत्रकारसमेत परेका छन् ।

दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल रहेका छन् । उनी माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता हुन् । दुई दशकदेखि पत्रकारितामा संलग्न रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन् भने पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्वअध्यक्षसमेत हुन् ।

पौडेलले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी पोखरा फर्कदै थिए । दुर्घटनामा परेकाहरुको सूचीमा पौडेलकै नाम थर भएका व्यक्तिसमेत रहेको खुलेपछि अहिले उनलाई सम्पर्क गर्ने प्रयास भइरहेको छ । तर उनीसँग सम्पर्क हुन सकिरहेको छैन ।

पोखराका पत्रकारहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेका छन् ।