३ कार्तिक २०८३, मंगलबार

समाजवादी नेता शरद यादवको निधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ३० पुस । राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद यादवको ७५ वर्षको उमेरमा निधन भएको छ । उनकी छोरी सुभाषिनी शरद यादवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन् ।

केही समयदेखि अस्वस्थ रहेका पूर्वसंघीय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा बिहीबार राति उपचारका क्रममा निधन भएको हो ।

यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए । उनले नियमित ‘डायलासिस’ गराइरहेका थिए ।

नेता यादवको पार्थिव शरीर मध्यप्रदेशस्थित उनी जन्मेको गाउँमा लगिने र त्यहाँ अन्तिम संस्कार गरिने दिवङ्गत नेता यादवका ज्वाईं राजकमल रावले बताएका छन् ।

करिब पाँच दशक लामो आफ्नो राजनीतिक जीवनमा नेता यादवले केन्द्रीय मन्त्री, राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका संयोजक र जनता दल युनाइटेडका अध्यक्षको रूपमा काम गरेका थिए ।

भारतमा अग्रणी समाजवादी नेताको परिचय बनाएका यादवप्रति देशका विभिन्न राजनीतिक दलका नेताले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, कुनै समय उनका प्रतिद्वन्द्वी रहेका अर्का नेता लालुप्रसाद यादवलगायतले उनको निधनबाट आफूहरू दुःखित भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।