४ कार्तिक २०८३, बुधबार

अबको ५ वर्षभित्र एनआइसी एशिया बैंक १० खर्बको बन्छः सिईओ न्यौपाने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रोशन न्यौपानले एनआइसी एशिया बैंक अबको ५ वर्षभित्र १० खर्बको बैंक बन्ने बताएका छन् ।

बैंकको २५औं वार्षिक साधारणसभामा उनले बैंकले पछिल्लो समय बिजनेसमा एकपछि अर्का छलाङ मार्दै गएकोले अबको ५ वर्षपछि कुल ५ खर्बको सम्पत्ति भएको बैंक हुने बताएका हुन् ।

‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ । ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं । प्रमुख न्यौपानले भने, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ ।’

उनले बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको बताउँदै हालसम्म ती लक्ष्य र योजनाहरु पनि हासिल गर्दै गएको बताए ।

उनले नेपाल राष्ट्र बैंकले क्यापिटल एडुकेसीमा कडाइ गर्दा लाभांश दिन नसकेको पनि प्रष्ट पारेका छन् । वर्षभर नै क्यापिटल एडुकेसी कायम गर्न निर्देशन दिए पनि बैंकले नसक्दा लाभांश वितरणमा रोक लगाएको उनको भनाइ छ ।

बैंकिङ क्षेत्रभन्दा एनआइसी एशियाको तीन गुणा बढी प्रतिसेयर आम्दानी रहेको बताउँदै प्रमुख न्यौपानले आगामी वर्ष लाभांश दिन कुनै समस्या नभएको बताए ।