२ कार्तिक २०८३, सोमबार

सुदूरपश्चिमको सभामुखका लागि माओवादीबाट भण्डारी र काँग्रेसबाट रावलको उम्मेदवारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सभामुखका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीले उम्मेदवारी दिएका छन् । भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् ।

यस्तै, सभामुखका लागि नेपाली काँग्रेसबाट मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् । रावलको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् ।

सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।