१ कार्तिक २०८३, आइतबार

बहुप्रतीक्षित बलिउड चलचित्र ‘पठान’को ट्रेलर सार्वजनिक

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । बहुप्रतीक्षित बलिउड चलचित्र ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ ।

जनवरी २५ देखि प्रदर्शनमा आउने शाहरुख खानको कमब्याक फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

एक्सनथ्रीलरले भरिपूर्ण पठान शाहरुखको पाँच वर्षपछि कमब्याक फिल्म हो । शाहरुख पछिल्लो समय सन् २०१८ मा फिल्म ‘जिरो’मार्फत ठुलो पर्दामा प्रस्तुत भएका थिए । सो फिल्म फ्लप भएपछि शाहरुख ठूलो पर्दाबाट लामो ब्रेक लिएका थिए ।

शाहरुख र दीपिका पादुकोणसँगै पठानमा जोन अब्राहमको मुख्य भूमिका रहेको छ ।

पठानमा सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण छ ।