३ कार्तिक २०८३, मंगलबार

उत्तरी नाइजेरियाको खानी स्थलमा बन्दुकधारीको आक्रमणमा १२ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अबुजा, २७ पुस । देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् ।

आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रको कुरिगा खानी क्षेत्रमा सोमबार बन्दुकधारीहरूले आक्रमण गर्दा सुरक्षा प्रदान गरिरहेको एनएससीडीसीका प्रवक्ता ओलुसोला ओडुमोसुले राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलन बताएका छन् । सिन्ह्वा