
काठमाडौं, २२ पुस । ‘मिस्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘‘मिस्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियागितामा पठाउन लागेको हो । यो वर्ष ‘मिस्टर वल्र्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिस्टर ग्लोवल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
अगामी २ देखि १२ फेब्रुअरीसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियागितामा उनी नेपाली कला संस्कृतिसहित सहभागि हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि बिभिन्न तयारी समेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषहरुको सहभागिता रहने ‘मिस्टर ग्लोवल’ प्रतिष्ठित सौदर्य प्रतियागिता मान्निछ ।
श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ वर्षीय श्रेष्ठले ३५ प्रतिस्पर्धीपछि पार्दै उपाधि चुमेका थिए ।

‘मिस्टर ग्लोवल’ को उपाधि नेपाल भित्राउने लक्ष्य सहित प्रतियागितामा आफु सहभागि हुन लागेको श्रेष्ठले बताए । ‘उपाधिको अलवा नेपाली कला संस्कृति, प्रर्यटन प्रवर्धन समेत प्रतियागितामा गर्नेछु’ उनले थपे ।















प्रतिक्रिया