
नयाँ दिल्ली, २२ पुस । भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ । साथै डेंगु संक्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्क अनुसार गत अक्टोबरमा दिल्लीमा सबैभन्दा बढी डेंगुका बिरामी फेला परेका छन् । डेंगु लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा सबै क्षेत्रमा तीव्र रूपमा फैलिएको छ । यो भाइरस पोथी लामखुट्टेको टोकाइबाट सर्छ । यसको संक्रमणबाट ज्वरो आउँने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, रक्तस्राव हुने लगायतका लक्षणहरू देखा पर्छन् ।
यसैगरी सन् २०२१ मा दिल्लीमा नौ हाजर ६१३ जनामा डेंगु देखिएको थियो भने २३ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०२० मा दिल्लीमा डेंगुका बिरामीको संख्या एक हजार ७२ जना रहेको थियो भने एकजनाको मृत्यु भएको थियो । सिन्ह्वा















प्रतिक्रिया