१ कार्तिक २०८३, आइतबार

उत्तर कोरियाले गर्‍यो नयाँ वर्षकै दिनमा ब्यालेस्टिक मिसाइल प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल, १७ पुस । उत्तर कोरियाले आफ्नो समुद्र तटमा एउटा छोटो दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार नयाँ वर्षकै दिनमा कोरिया उत्तरले मिसाइल परीक्षण गरेको हो ।

स्थानीय समय अनुसार बिहान २ः५० बजे पछिल्लो प्रक्षेपण पत्ता लागेको र मिसाइल समुद्रमा खस्नुअघि करिब ४०० किलोमिटर उडेको जनाइएको छ ।

दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँगको समन्वयमा उत्तर कोरियाली गतिविधिलाई नजिकबाट नियालिरहेको र कुनै पनि उक्साहटको सामना गर्न तयार रहेको जनाएको छ ।

उत्तर कोरियाले गत वर्ष ७० भन्दा बढी क्षेप्यास्त्र परीक्षण गरेको थियो ।