३ कार्तिक २०८३, मंगलबार

मकवानपुर दुर्घटना अपडेटः उपचारको क्रममा १ जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १५ पुस । धरान-चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया-५ को तीन तलेमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा ४ जना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

भम्जनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान हेटौंडाबाट फापरबारी जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिँदा भम्जनसहित ४ जना घाइते भएका थिए ।

यसैगरी तीन जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनिः

मकवानपुरमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा ४ जना घाइते, ३ को अवस्था गम्भीर