
हेटौंडा, १५ पुस । धरान-चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-५ को तीन तलेमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
शुक्रबार बिहान हेटौंडाबाट फापरबारी जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिएको डिएसपी कार्कीले बताए ।
उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन, मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० वर्षीय हिरामाया लोप्चन र ट्रकमा सवार नाम थर वतन नखुलेको अन्दाजी २५ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् ।
यसैगरी ट्रक चालक बारा निजगढ नगरपालिका-९ बस्ने २५ वर्षीय सुर्य बहादुर घिमिरे घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको हेटौंडा स्थित हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया