
नयाँदिल्ली, १५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । मोदीकी आमा आमा हीरावेन मोदीको १ सय वर्षको उमेरमा आज निधन भएको हो ।
स्वास्थ्य अवस्थामा समस्या आएपछि गत बुधबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य जटिलता कारण आज उनको निधन भएको अस्पतालले जनाएको छ ।
यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १ सय औं जन्मदिन मनाएका थिए ।
हीरावेन गान्धीनगर सहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन् ।















प्रतिक्रिया