
काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार खुमलटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहान अध्यक्ष ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
ओली दुई वर्षपछि प्रचण्ड निवास खुमलटार पुगेका हुन् । ओलीलाई प्रचण्डको सचिवालयले फूलसहित घरमा स्वागत गरेको थियो ।

तस्बिरमा दुई नेता एकअर्कामा खुलेका देखिन्छन् । दुई नेताबीच घरको छतमा घाम ताप्दै कुराकानी भइरहेको देख्न सकिन्छ ।

तत्कालीन नेकपा विभाजनपछि दुई नेताबीच पानी बाराबारको अवस्था रहेकामा मंसिर ४ को निर्वाचनबाट नाटकीय रुपमा सत्ता सहकार्यको स्थिति आएसँगै दुई नेताबीच निकटता बढेको हो ।















प्रतिक्रिया