१ कार्तिक २०८३, शनिबार

क्यान महासंघमा रणजित पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

पुस ९ गते शनिबार भएको महासंघको २९औं साधारणसभा एवंम १४औं महाधिवेशनले रणजित कुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि ७४ जिल्ला र सातै प्रदेशका शाखा समितिमा अधिवेशन सम्पन्न भएको थियो । नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्ष चुनिए भने अन्य केहि पदमा मतदान भएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल,महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदिप) निर्वाचित भएका छन् । त्यस्तै महासचिव पदमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नवीन जोशी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, सचिव पदमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएका छन् । जिल्ला शाखा समूहबाट सचिव पदमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भए ।

सदस्यहरुमा विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा रहेका छन् ।

यसैगरी, लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखासमिति सदस्यद्धयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पोदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताउँदै सूचना प्रविधीको क्षेत्रमा आबद्ध पेशाकर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्यव गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न महासंघले भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गरे ।