
काठमाडौं, १३ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि देउवाले बालुवाटार छोडेका हुन् । देउवा तत्कालका लागि धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।
बुढानीलकण्ठमा रहेको देउवाको घर मर्मत भइरहेकाले उनी भाडाको घरमा सरेका हुन् ।
उनको बुढानीलकण्ठको घर मर्मत सकिन अझै ४ महिना लाग्ने बताइएको छ ।
२०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री नियुक्त गरेपछि देउवा पदमुक्त भएका हुन् ।















प्रतिक्रिया