१ कार्तिक २०८३, शनिबार

एमाले अध्यक्ष ओली पुगे खुमलटार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगेका छन् ।

दुई शीर्ष नेताबीच के विषयमा छलफल हुने भन्ने जानकारी नदिइए पनि पुन वाम एकता, सरकार विस्तार साथै नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताइएको छ ।

ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

प्रचण्डले नेपाल र यादवलाई सरकारमा सहभागी हुनका लागि प्रस्ताव गरेका थिए ।