१ कार्तिक २०८३, शनिबार

कांग्रेस संस्थापन इतर समूहको बैठक जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेपाली काँग्रेसका नेता डा शेखर कोइराला समूहको बैठक अहिले बालुवाटारमा जारी छ ।

सत्ता गुमेपछि पहिलो पटक संस्थापन इतर समूहको बैठक बसेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दल निर्वाचनको समीक्षा र आगामी केन्द्रीय समिति बैठकका रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।

गठबन्धन टुट्नुमा पार्टी सभापति शेरबहादुर देउवाको गल्ती रहेको भन्दै अहिले पार्टीभित्र देउवाको चर्को आलोचना भइरहेको छ ।

देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा मागसमेत पार्टीभित्र उठिरहेको छ ।