
काठमाडौं, १२ पुस । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्वको मुद्वाको सुनुवाईमा अदालतले अस्पतालबाट किशोरीको जन्म मितिको कागजात मगाउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा भएको सुनुवाइमा किशोरीको जन्म भएको भनिएको विरगंजस्थित नारायणी अस्पतालबाट जन्म मितिको कागजात झिकाउने आदेश दिएको हो ।
यस्तै, अदालतले किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिएको छ ।
यस्तै, सन्दीको मुद्वासँगै सुरुमा नाम जोडिएका अर्का क्रिकेटर देव खनाललाई पनि बुझ्न अदालतले आदेश दिएको छ ।















प्रतिक्रिया