१ कार्तिक २०८३, शनिबार

आज सलमान खानको जन्मदिन, कति वर्ष पुगे ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । बलिउड सुपरस्टार सलमान खानले आज आफ्नो ५७औँ जन्मदिन मनाएका छन् ।

सलमानको जन्म डिसेम्बर २७, १९६५ मा भएको हो । सलमानको जन्म बुबा सलिम खान र आमा सल्मा खानको कोखबाट भएको हो । सलमानका बुबा सलिम पनि बलिउडका दिग्गज कलाकार तथा चलचित्र निर्माता हुन् ।

सलमान अभिनेता मात्रै नभई चलचित्र निर्माता पनि हुन् । उनले कैयौं सफल फिल्म निर्माण गरिसकेका छन् । उनी विश्वका चर्चित महँगा अभिनेताहरुको सूचीमा पर्छन ।

फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आइरहन्छन् । सलमानको जन्मदिनको अवसरमा सोमवार राति बहिनी अर्पिता खान शर्माले सलमानको लागि मुम्बईको घरमा भव्य पार्टी आयोजना गरेकी थिइन् ।