१ कार्तिक २०८३, शनिबार

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि शुक्रबार निर्वाचन हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पुस १५ गते शुक्रबार निर्वाचन हुने भएको छ ।

संसदीय दलको नेताका लागि चारजना आकांक्षी भएपछि निर्वाचन हुने भएको हो । दलको नेताका लागि केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की आकांक्षी छन् ।

निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । संयोजक रायमाझीका अनुसार संसदीय दलको नेताले मनोनयन दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार विहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।