१ कार्तिक २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सपथ लिएसँगै प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल पनि गठन गरेका छन् । प्रचण्डले मन्त्रिमण्डलमा तीनजना उपप्रधानमन्त्री नियुक्त गरेका हुन् ।

उपप्रधानमन्त्रीहरुमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् ।

उपप्रधानमन्त्री रहेका पौडेललाई अर्थमन्त्रालय, लामिछानेलाई गृह र श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसमेत तोकिएको छ । यस्तै, पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने पहिलो निर्णय गरेका छन् ।

हेरौँ सोमबार दिनभरका मुख्य मुख्य समाचारका हेडलाइनहरु-

१. प्रधानमन्त्रीको सपथ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिए पद तथा गोपनीयताको सपथ, सपथसँगै आठ सदस्यीय मन्त्रिमण्डल गठन ।

२. उपप्रधानमन्त्रीसँगै मन्त्रीले पनि लिए सपथ : प्रधानमन्त्रीसँगै तीन जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले पनि लिए पद तथा गोपनीयताको सपथ, विष्णु पौडेल उपप्रधान एवम् अर्थ, नारायणकाजी श्रेष्ठ उप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात र रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानको जिम्मेवारी तोक्न बाँकी ।

३. शङ्कटग्रस्त अर्थतन्त्रको समस्या समाधान गर्छु : अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्ने नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता, चालू खर्च घटाउने र स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने भनाइ ।

४. भ्रष्टाचार गर्ने दिन गए : भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्न नदिने उपप्रधान एवम् भौतिक पूर्वाधार तथा नारायणकाजी श्रेष्ठको भनाइ, पैसा र भ्रष्टाचारका लागि मन्त्रालयलाई कब्जा गर्ने दिन सकिएको टिप्पणी ।

५. रविको पहिलो निर्णय : नवनियुक्त गृहमन्त्री रवि लामिछानेद्वारा पदभार ग्रहण, निर्मला पन्तको न्यायका लागि पहल गर्ने पहिलो निर्णय ।

६.सत्तारोहण अनपेक्षित : संसद्बाट नयाँ सरकारको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभएको कांग्रेस नेता शेखर कोइरालाको भनाई, संसदीय व्यवस्थामा यस्ता घटना असम्भव नभए पनि सामान्यत: अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने टिप्पणी ।

७. प्रधानमन्त्रीलाई बधाई : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिका, चीन, भारत र पाकिस्तानले दिए बधाई, प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेदारी सुदृढ हुने अमेरिकी राजदूत डीआर थम्पसनको विश्वास ।

८. सरकारमा नजाने : सत्ता समर्थक दल राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने, तत्कालका लागि सरकारलाई समर्थन मात्रै गर्ने दुवै दलको निर्णय ।

९. महान्यायाधिवक्ताद्वारा राजीनामा : महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए पदबाट राजीनामा, खातीलाई महान्यायाधिवक्ता कार्यालयले गर्‍यो बिदाई ।

१०. सहकार्यका लागि तयार : पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गत द्विपक्षीय सहकार्य विस्तार गर्न तयार रहेको चीनको भनाई, जनताको फाइदाका लागि विकास र समृद्धिको चिरस्थायी मित्रता अघि बढाउन चाहेको प्रष्टोक्ति ।

११. प्रदेश सांसदले लिए सपथ : कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले गराए पद तथा गोपनीयताको शपथ, कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक र एक स्वतन्त्र गरी ४० प्रदेश सभा सदस्यले लिए सपथ ।

१२. डीएसपी पक्राउ : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसी पक्राउ, निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद बरामद ।

१३. शिशुको मृत्यु : भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँच महिने शिशुको मृत्यु, मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानकी छोरी लासाङ मोक्तान ।

१४. हिमआँधीको चपेटा : अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु, पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिँदा आपत्कालीन सवारी साधन सञ्चालन गर्न कठिन ।

१५. दोस्रो जित : राजधानीमा जारी टी–ट्वेन्टी लिगमा जनकपुरले निकाल्यो लगातार दोस्रो जित, सोमबार भएको खेलमा विराटनगर किङ्स ५ विकेटले पराजित ।