१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । कांग्रेस साभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टू वान’ वार्ता भएको छ ।

प्रधानमन्त्रीका बारेमा टुंगो लगाउने दुई शीर्ष नेता ‘वान टू वान’ वार्तामा बसेका हुन् । अध्यक्ष प्रचण्डले पहिलो कार्यकालका लागि आफू प्रधानमन्त्री बन्नु पर्ने माग राख्दै आएका छन् । तर, कांग्रेसभित्रको दबावका कारण सभापति देउवा तयार भएका छैनन् ।

शनिबार बसेको गठबन्धनको बैठक पनि निष्कर्षबिहीन बनेको थियो । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो ।

बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको बताइएको छ ।