
काठमाडौं, ९ पुस । काठमाडौंका नेवार समुदायका विभिन्न समाज र समितिले अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ ।
आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने माग गर्दै अनधिकृत बस्ती हटाउन आफूहरूको समर्थन रहेको बताएका हुन् ।
बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको उनीहरुको भनाइ छ । त्यस्तै अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने नेवा:जातीय महासङ्घका अध्यक्ष मनोज नेवा: खड्गीले बताए ।
उनले कुनै पनि नागरिकप्रति आफूहरुको वैरभाव नभएको र आफूहरुको सरोकार काठमाडौंको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको धारणा व्यक्त गरे ।
नेवा: जातीय महासङ्घ, नेपाल खड्गी सेवा समिति, स्यस्य:समाज, केन्द्रीय मानन्धर सङ्घ, नक:मि समाज सेवा पुच: (सङ्घ) लगाएत नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेनको आयोजना गरेका हुन् ।















प्रतिक्रिया