
काठमाडौं, ९ पुस । अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ ।
वासिङ्टन डीसीस्थित नेपाली दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ हरु लुटिएको जनाएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटपाट भएको जनाएको छ ।
दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ ।
दूतावासले शिविरहरूबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा पेश गरेको ‘मनी अर्डर’ वा ‘क्यासियर चेक’ सम्भव भएसम्म तत्काल रद्द गराउन अनुरोध गरेको छ । ‘मनी अर्डर’ वा ‘क्यासियर चेक’ बनाएको सम्बन्धित स्टोर वा बैंकमा गएर ‘मनी अर्डर’ वा ‘क्यासियर चेक’ रद्द गर्न सकिने दूतावासले जानकारी दिएको छ ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया